2026-06-16 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट २४ सय नेपाली स्वदेश फर्किए, अर्को उडान जुलाई १७ मा हुने

योगेन्द्र योगी | असार ३०, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६  जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । 

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये कतारस्थित नेपाली दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि ३६ जनाको शव स्वदेश पठाएको दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् । 

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट गत जुन २१ तारीख देखि चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई १०  मा नेपाल एयरलाइन्सले दोहाबाट अन्तिम उडान गरेको थियो । 

दूतावासका अनुसार अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार बढीले अनलाइन तथा टेलिफोन सम्पर्क गरी नेपाल फर्किन फारम भरेका छन् । 

सचीव भट्टराईले दिएको जानकारी अनुसार दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने उनले बताए । 

कतारमा हालसम्म कोरोनाबाट १ लाख ४ हजार १६ जना संक्रमित भएका छन् । हालसम्म १ लाख ६ सय २७ जना निको भएर घर फर्किएका छन् भने हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ