२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय एयरलाइन्सको तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक

३० असार २०७७, मंगलवार १०:१७

असार ३०, काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ । 

त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ । 

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य