२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरबमा टिकेट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउदै

३१ असार २०७७, बुधबार ०२:२६

योगेन्द्र योगी | असार ३१, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ । 

तर खाडी मुलुकहरुमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरुको कथा भने फरक छ, बिगत केहि बर्षदेखि साउदी अरबमा काम गर्दै आएका नवलपरासीका सिताराम पाण्डे कोरोनाको कारण कम्पनी बन्द भएपछि लामो समय देखि काम बिहिन भएर कोठामा बस्न बाध्य छन् । 

पाण्डेका भनाइ अनुसार स्वदेश फर्कनै पर्ने भएकाले अनलाइन फारम भर्नु पर्ने भनेर साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम पनि भरे नामवालीमा नाम पनि आयो, गत जुन १९ मा साउदीको दमामबाट उडान थियो तर के गर्नु आफू संग टिकेट काट्ने पैसा पुगेन  । 

उनले भने "मसंग १ हजार साउदी रियाल मात्र थियो टिकेटको लागि मलाई १७४४ रियाल चाहिने थियो, जस्तो-तसो कम्पनीले खाना दिएपनि टिकेट काट्ने पैसा नभएको कारण अहिले हरेक दिन आकाशमा उड्ने जहाजलाई हेरेर दिन कटाई रहेको छु । "

दूतावासमा आफूसंग टिकेट काट्ने पैसा नपुगेको जानकारी गराए पनि टिकेट सस्तो भएपछि घर जानु भन्दै दूतावासले फोन राखेको उनले बताए । 

यता, कतारमा पनि खान-बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुकोमा आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतोको समस्या पनि उस्तै छ । 

टिकेट काटेकाहरुको समस्या पनि उस्तै 

खाडीमा कोरोना सुरु हुनु भन्दा अघिनै टिकेट काटेर स्वदेश फर्किने तयारीमा रहेको तर कोरोनाको उडान बन्द भएपछि फर्किन नपाएकाहरुको पिडा पनि उस्तै छ । 

मोरङ्का दुर्गा प्रसाद कोइरालाले पहिले नै घर फर्किन टिकेट काटे तर पछि कोरोना सुरु भएपछि उडान बन्द भयो तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएकोले अहिले खानाको समस्या हुन थालेको उनले बताए। 

उनका अनुसार एक पटक कतारस्थित नेपाली दूतावासमा पुगेर आफ्नो समस्या सुनाएको र दूतावासले हुन्छ पछि हामी आफैले सम्पर्क गर्ने छौ भनेको थियो अहिलेसम्म सम्पर्क गरेको छैन ।

आफू जस्तै टिकट काटेर बसेका धेरै नेपालीहरु समस्यामा छन् । सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।सरकारले थप गरेको उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान हुदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य