२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सेनाका जवान कारागार चलान

२०७७, ३१ असार बुधबार १४:४७

पर्वत । श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पर्वतमा एक नेपाली सेनामा कार्यरत युवा काराघर चलान भएका छन ।  पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर काराघर चलान गरीएका हुन ।  उनलाई  जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।

 मृतक कुँवरकी आफन्तले  कुँवरको विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मानसिक यातना दिँदै आएका  कारण नै छोरी झुण्डिएर मर्न बाध्य भएको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा १ अनुरुप कसुर भएको बताउँदै सोही दफाको २ नम्बर उप दफा बमोजिम कार्बाही माग दाबी गरिएको छ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण