2026-06-16 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा टिकट काट्न नसकेका ५५ जना नेपालीलाई टिकट उपलब्ध गराइने

योगेन्द्र योगी | साउन १, दोहा | कतारमा टिकट काट्न नसकेका नेपालीलाई टिकट उपलब्ध गराइने भएको छ । कतारस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, (एनआरएनए) कतारले र नेपाली व्यवसायी संघ कतारले टिकट काट्न नसक्ने ५५ जना नेपालीलाई स्वदेश फिर्तीको लागि टिकटको व्यवस्था गर्ने भएको छ । 

एनआरएनए कतारबाट २० वटा, नेपाली व्यवसायी संघबाट २० वटा र नेपाली दूतावासबाट १५ वटा गरी ५५ वटा टिकट उपलब्ध गराउन लागिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् । 

प्रवक्ता क्षेत्रीका अनुसार लामो समयदेखि अस्पतालमा बसेका, कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भिर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि टिकट उपलब्ध गराइने छ । 

कतारमा रहेका स्थापित विभिन्न संघसस्थाहरुलाई पिडित नेपालीहरुको विवरण इमेल मार्फद पठाउन अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्त्तदाले बताए । 

यसअघि कतारबाट कोरोना कारण लगायत विभिन्न कारणले स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६  जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । अब दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । 

यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् । कतार लगायत खाडीका अन्य देशहरुमा टिकट काट्न नसकेकै कारण धेरै नेपालीहरु समस्या रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ