२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा सरकारलाई धन्यवाद

२०७७, १ श्रावण बिहीबार ०९:५६

साउन १, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई धन्यवाद दिएको छ । पछिल्लो पटक पाँचसय भन्दा बढी म्यानपावर कम्पनीहरु नविकरण नहुन सक्ने संकट टरेकोको खुसि व्यक्त गर्दै संघले सरकारलाई धन्यवाद दिएको हो । 

बिहिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एक कार्यक्रम आयोजना गर्दै अधिकांश म्यानपावर खारेज हुनबाट जोगाउनमा सहयोग प्रदान गर्ने निकाय, संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ । 

वैदेशिक रोजगार ऐन २०६४ मा २०७५/११/१९ देखि लागु भएको संशोधित व्यवस्था बमोजिम ईजाजतपत्रवाला संस्थाले बार्षिक १०० जना कामदार पठाएको हुनु पर्ने प्रावधान अनुसार पाँचसय भन्दा बढी म्यानपावर कम्पनी नवीकरण नहुने अवस्थामा पुगेको थियो । म्यानपावर कम्पनीहरुले सरकारको कारण मलेसिया बन्द हुनु र कोरोना महामारीको कारण बैदेशिक रोजगार व्यवसाय संकटमा परेको भन्दै गत २०७६/७७ मा अधिकांश म्यानपावर कम्पनीहरुले सय कामदार पठाउन नसकेको गुनाशो गरेका थिए ।

बैदेशिक रोजगार अन्तर्गत संशोधित कानुन क्रियासील हुन गई बार्षिक १०० जना कामदार पठाउन असमर्थ रहेका ईजाजतपत्रवाला संस्थाहरुको ईजाजत नबीकरणमा उत्पन्न भएको समस्यालाई गत असार २९ गते बसेको मन्त्रीपरिषद वैठकले सम्बोधन गर्दै २०७८ साल असार मसान्त भित्रमा कुल २०० जना कामदार पठाएको हुनु पर्ने प्रस्ताब मन्त्रीपरिषदबाट निर्णय भएको थियो । 


नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा जारी प्रेश बिज्ञप्ती

वैदेशिक रोजगार ऐन २०६४ मा २०७५/११/१९ देखि लागु भएको संशोधित व्यवस्था बमोजिम ईजाजतपत्रवाला संस्थाले बार्षिक १०० जना कामदार पठाएको हुनु पर्ने भन्ने सम्वन्धमा संशोधित कानुन क्रियासील हुन गई बार्षिक १०० जना कामदार पठाउन असमर्थ रहेका ईजाजतपत्रवाला संस्थाहरुको ईजाजत नबीकरणमा उत्पन्न भएको समस्यालाई दृष्टिगत गरी आ.ब. २०७५/०७६ का हकमा २०७५ जेष्ठ २ गते देखि १७ महिना सम्म मलेशियाको श्रम स्विकृति  नेपाल सरकारबाटै बन्द गरिएको साथै २०७५/११/१९ देखि संशोधित व्यवस्था लागु भएको हुँदा उल्लेखित आ.ब.मा ४ महिना ११ दिनको बाकी अवधिमा १ बर्षमा पुर्याउनु पर्ने कामदार संख्या पुर्याउन असम्भब हुन गएको कारण र आ.ब. २०७६/०७७ का हकमा कोभिड १९  को महामारीका कारणबाट गन्तव्य मुलुकका साथै नेपालमा समेत सरकाबाटै लकडाउन घोषित गरिएका कारणबाट अधिकांश ईजाजतपत्रवाला संस्थाहरु बार्षिक १०० जना कामदार पुर्याउन असमर्थ रहेका कारण आ.ब. २०७६/०७७ सम्मकै लागि  छूट प्रदान गरी ईजाजत नबीकरण गर्ने व्यवस्था गर्न हुन अनुरोध गर्दै यस नेपाल बैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बिभाग एवम् श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष माग प्रस्तुत गरी तत्सम्वन्धमा विगत सात महिना देखि बिभाग, मन्त्रालय, माननीय मन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीको कार्यालय समेतमा सम्पर्क कायम गरी अनवरत रुपमा प्रयत्नसिल रहेकोमा वैदेशिक रोजगार बिभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माननीय मन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीको कार्यालय, नेपाल सरकार मुख्यसचिबको कार्यालय, राजनैतिक दलहरु, राजनैतिक दलका पदाधिकारीहरु, वैदेशिक रोजगार व्यवसायी सम्बद्ध भई स्थापित भएका हाल संचालित सबै वैदेशिक रोजगार व्यवसायी संघ/समाज/संस्थाहरु, पत्रकार र कानुन व्यवसायीहरु समेतबाट भएको सकारात्मक सहयोगको फलस्वरुप नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७७/३/२९ मा निर्णय भई इजाजत नबिकरणका निमित्त बार्षिक १०० जना कामदार पुर्याउनु पर्ने सम्वन्धमा आ.ब. २०७६/७७ सम्मकै लागि छूट प्रदान भएको र “आ.ब. २०७८/७९ का लागी नबिकरण गर्दा इजाजतपत्रवाला संस्थाले आ.ब. २०७६/७७ देखि सम्वत् २०७८ साल असार मसान्त भित्रमा कुल २०० जना कामदार पठाएको हुनु पर्ने” प्रस्ताब मन्त्रीपरिषदबाट निर्णय भएको हुदा सम्पूर्ण बैदेशिक रोजगार व्यवसायीहरुलाई सहर्ष जानकारी गराउँदै सहयोग प्रदान गर्नु हुने माथि उल्लेखित निकाय,संस्था तथा महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यस संघका तर्फबाट धन्यबाद ज्ञापन गदैछौ । 

सुजित कुमार श्रेष्ठ

महासचिब


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो