२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

२०७७, १ श्रावण बिहीबार १०:४३

साउन १, गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ ।  

बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । यसबाहेकको अधिकांश खण्ड कालोपत्र भए पनि घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् । 

अविरल वर्षाका कारण लोकमार्गको सो खण्डमा सडक माथिबाट ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । अत्यधिक वर्षाका कारण लोकमार्गको बागलुङ नगरपालिकाको बोक्सेदेखि काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलाका विभिन्न स्थानमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने, कालोपत्र बगाएर कच्ची सडककै अवस्थामा पुगेपछि लोकमार्गको यात्रा जोखिम र सकसपूर्ण बनेको छ ।  

प्राकृतिकरुपमा भन्दा मानवीय लापरवाहीका कारण लोकमार्ग छियाछिया बन्दै जान थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । “लोकमार्ग जोगाउने नागरिकको पनि दायित्व हो”, उहाँले भन्नुभयो, “लोकमार्गबाट जताततै अनावश्यकरुपमा शाखा सडक अनुमतिबिनै निर्माण गर्दा लोकमार्ग छियाछिया बन्दै गएको हो ।”

प्राकृतिकरुपमा भन्दा ठूलो विपत्ति मानवीय गल्तीका कारण निम्तिएको जनाउँदै लोकमार्गलाई स्थानीय तहलेसमेत जोगाउने दायित्व हुने उहाँको भनाइ छ । लाइफ लाइन सडकमाथि स्थानीय तह र नागरिकको खेलबाडका कारण लोकमार्गको कालोपत्र जोगाउन कठिन भएको उहाँ बताउनुहुन्छ । समस्या भएका स्थानीय तहमा अनुमतिबिना शाखा सडक निर्माण नगर्न पत्रसमेत पठाउँदै आए पनि स्थानीय तहले पत्र बुझ्नै नमानेको उहाँ गुनासो छ । लोकमार्गको अनुमति मागेमा प्राविधिकरुपमा आयोजना कार्यालयले सघाउने आएको छ । 

“कालोपत्र नभएको स्थानमा त नागरिकलाई सास्ती हुने नै भयो, कालोपत्र भएका स्थानमा समेत जनताले सास्ती खेप्नुमा शाखा सडक मुख्य जिम्मेवार छ”, उहाँले भन्नुभयो, “लोकमार्ग माथि र तल प्राविधिक मूल्याङ्कनविनै सडक खन्दा लोकमार्ग नै धरापमा परिरहेको छ ।” लोकमार्गको खास गरी कालोपत्र भइसकेको गलकोट, बडिगाड र ढोरपाटनमा बढी सडक भत्किएको आयोजनाको दाबी छ । गलकोटको दरमखोला छेउ, आगाँखेत, रिघा, बडिगाड गाउँपालिकाको राक्से, जैवर म्याल खोला, खाला बजार, भुजुङे, बालुवा, ढोरपाटन नगरपालिकाको तुततुरे, खोल्टुकोट लगायतको स्थानमा माथिबाट आएको पहिरो, शाखा सडकको भेलका कारण लोकमार्ग खतरामा परेकोे छ । 

आवश्यकभन्दा बढी सडक खनेका कारण समस्या सिर्जना हुन थालेको बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । “शुरुमा हामी पनि अलिकति महत्वकाङ्क्षी भएर सडक निर्माण गरेकै हो, शुरुमा प्राविधिक ज्ञानकोसमेत अभाव भयो”, उहाँले भन्नुभयो, “लोकमार्ग आयोजनालेसमेत अलि पहिले नै स्थानीय तहसँग यथेष्ट समन्वय र नागरिकमा समेत सचेतना जगाउन सक्नुपथ्र्योे, त्यहाँ पनि केही कमजोरी भएकै छ । अब पनि समन्वय गरेर लोकमार्ग र अरु सडकको सुरक्षा दीर्घकालीन हिसाबले समस्या नदोहारिने गरी काम गर्न जरुरी छ ।” गाउँपालिकाले अब निर्माण गर्ने बाटोमा भने मध्यपहाडी लोकमार्गसँग समन्वय गरी निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । लोकमार्गलेसमेत दीर्घकालीनरुपमा टिक्ने गरी गुणस्तरीय हिसाबले सडक निर्माण गर्न सक्नुपर्नेमा उहाँको जोड छ । 

वर्षात्का कारण बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कैयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढी पहिराका कारण लोकमार्गमा बढी क्षति पुगेको यात्रुको गुनासो छ । बागलुङ बजारदेखि बुर्तिवाङ तीन घण्टामा पुग्न सकिने सडकमा अहिले छ÷सात घण्टा लाग्ने सवारी चालक भरत गौतमले गुनासो गर्नुभयो ।    

मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताउनुभयो । “नालीविनाको ग्रामीण सडकले जम्मा गरेको भल सोझै लोकमार्गमा आउँछ, लोकमार्गले बनाएको सानो संरचनाले थेग्न सक्दैन अनि जलमग्न हुन्छ, लोकमार्ग नै बगाउने गरेको छ”, उहाँले भन्नुभयो, “वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनाँै पटक अवरुद्ध भइसकेको छ । अब यसमा ढिलै भए पनि सरोकारवाला निकायले सोच्नुपर्छ ।”   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा