९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छिपखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा

५ श्रावण २०७७, सोमबार ०४:४५

साउन ५, रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । 

आयोजनाको लगभग सबै काम सकिएको छ । केही मेशिन मात्र जडान हुन बाँकी रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कूल रु एक करोड ६६ लाखको लगानीमा विद्युत् आयोजनाको काम गरिएको छ । वडाध्यक्ष केसीका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीयले उठाएको रु चार लाखको लगानीमा विद्युत् उत्पादनको काम गरिएको छ । 

विद्युत् उत्पादनका लागि आवश्यक केही मेशिनरी सामान जडान गर्न बाँकी रहेकाले सामान आउने बित्तिकै गाउँमा उक्त आयोजनाको विद्युत् बल्ने वडाले जनाएको छ । विसं २०७४ साउनमा सम्झौता भई २०७५ वैशाखबाट शुरु भएको आयोजनाको काम आर्थिक वर्ष २०७६÷७७ मै सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण केही समय ढिला हुन पुगेको अध्यक्ष केसीको भनाइ छ । लकडाउनका कारण प्राविधिक जिल्लामा पुग्न नसेकाले केही मेशिन जडान भएका छैनन् । अबको दुई महिनाभित्रै उक्त आयोजनाको बत्ती गाउँमा बल्ने उहाँले बताउनुभयो । आयोजनाबाट छिपखोला बस्तीलगायत ठस्के र वडा नम्बर ४ को दादिङ, काडाँका करिब ३०० घरधुरी लाभान्वित हुने वडाध्यक्ष केसीले बताउनुभयो । अहिले छिपखोलाका ४० घरधुरीले तीन किलोवाट क्षमताको विद्युत्गृहबाट उत्पादित विद्युत् बालिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता