2026-09-05 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा थप १८६ जनामा कोरोना, कुन जिल्लाका कति ?

साउन ५, काठमाडौँ | नेपालमा आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । 

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो । 

त्यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख १९ हजार ८७२ परीक्षण गरिएका छन् । जसमा पछिल्लो २४ घन्टामा मात्र ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अपडेट: कुन जिल्लामा कति संक्रमित ? 

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा सुनसरीका ६ जना, झापाका १ जना, इलामका १ जना, मोरङका १ जना, झापाका २ जना, सिरहाका १ जना, सप्तरीका ९ जना, धुनषाका २ जना, पर्साका ४ जना, बाराका ४६ जना, काठमाडौँका २ जना, सर्लाहीका २३ जना, सोलुखुम्बुका ४ जना, ललितपुरका १ जना, कास्कीका ८ जना, लमजुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना रहेका छन् ।

त्यस्तै बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका ३ जना, रुकुम पूर्वका ७ जना, दाङका ६ जना, दैलेखका २ जना, सुर्खेतका ४ जना, हुम्लाका १ जना, कालिकोटका १ जना, डोटीका ४० जना, कैलालीका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल