Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ६, कावासोती।</b> लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर&nbsp; पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो । स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो । पहिरोले केही चौपायासमेत पुरिएको उहाँले बताउनुभएको छ । </p><p>घटनास्थलमा&nbsp; उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको&nbsp; पिकअपलाई खहरे खोलाले बगाएको छ ।&nbsp; मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । रासस&nbsp;</p>