२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रोजगारी गुम्यो, यसरी पाइन्छ पुनः रोजगारी

२०७७, ७ श्रावण बुधबार ०५:५५

योगेन्द्र योगी । साउन ७, दोहा। कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको लागि पुन: रोजगारी दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारीको लागि अनलाइन फारम सुरु गरेको हो ।

कोरोना सङ्क्रमणका कारण रोजगारी गुमाएका तथा भिसा रद्द भएर बसेका आप्रवासी कामदारहरूका लागि कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयलसंग सहकार्य गरि पुनः रोजगारीको अवसर खुल्ला गरिएको जनाएको छ  ।

रोजगारी गुमाएर बसेका जुनसुकै देशका आप्रवासी कामदारहरूले अनलाइन मार्फत पुन: रोजगारका लागि आवेदन दिन सकिने र सो अनलाइन फारम कतार चेम्बर कमर्सले उपलब्ध गराएको छ । 

कतार सरकारको यो पहलले आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने एनआरएनए  कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए । कतारको श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष मुसलमानले बताए ।

श्रमिकहरूको हकहितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद आभार प्रकट गरेको छ । कतार सरकारको यो निणर्य कतारमा रोजगारी गुमाएर बिगत लामो समयदेखि कोठामै बस्न बाध्य धेरै नेपाली श्रमिकहरुलाई फाइदा पुग्ने छ । 

कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् । निबेदन दिन यहाँ क्लिक गरि यहाँ क्लिक फारम भर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने