२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले अगष्टदेखि आप्रवासी श्रमिकलाई प्रवेश दिने, नेपाली श्रमिक नपाउने

८ श्रावण २०७७, बिहीबार ०१:०६

योगेन्द्र योगी | साउन ८, दोहा | कतारले अगष्टदेखि आप्रबासी कामदारलाई प्रवेश दिने  निणर्य गरे पनि कतारबाट बिदामा गएका नेपाली कामदारहरु भने अझै कतार फर्कन नपाउने भएका छन् । 

कतार सरकारले जारी गरेको अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरुमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश जस्ता देशहरुको नाम समावेस गरिएकोको छैन । 

कतारले प्रकाशित गरेको कम जोखिम भएका देशहरूबाट कतारमा आइपुग्नेहरूले एयरपोर्टमा ४८ घण्टासम्म मान्य हुने कोरोना टेस्टको नेगेटिभ प्रमाणपत्र देखाउनु पर्ने जनाएको छ । 

कतारको एयरपोर्टमा आइपुगेपछि कोरोना भाइरसको टेस्ट गर्नु पर्नेछ भने एक हप्ताको लागि होम क्वारेन्टाइन बस्नु पर्ने छ । हप्ता दिन बितिसकेपछि, यात्रुले अर्को पटक सरकारले तोकेको स्वास्थ्य केन्द्रमा गई कोरोना जाँच गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


सरकारले कम जोखिम भएका देशहरूको सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्ने जनाएको छ । यदि यी कम जोखिम भएका देशहरूमा मान्यता प्राप्त कोरोना परीक्षण केन्द्रहरू छन् भने, यी केन्द्रहरू मध्ये एकबाट कोरोना जाँचको प्रमाणपत्र प्राप्त गर्ने यात्रुलाई एयरपोर्टमा जाँच लिनबाट छुट दिइने मन्त्रालयले उल्लेख गरेको छ ।

कतार प्रवेस गरिसकेपछि अनिबार्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्नेछ स्थिति सामान्य बन्दै गए कतारले सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । 

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ८ सय ७१ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ४ हजार ६ सय ४१ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६३ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य