Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारले अगष्टदेखि आप्रवासी श्रमिकलाई प्रवेश दिने, नेपाली श्रमिक नपाउने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

योगेन्द्र योगी | साउन ८, दोहा | कतारले अगष्टदेखि आप्रबासी कामदारलाई प्रवेश दिने  निणर्य गरे पनि कतारबाट बिदामा गएका नेपाली कामदारहरु भने अझै कतार फर्कन नपाउने भएका छन् ।

कतार सरकारले जारी गरेको अगस्ट महिना देखि कतार फर्कन पाउने देशहरुमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश जस्ता देशहरुको नाम समावेस गरिएकोको छैन ।

कतारले प्रकाशित गरेको कम जोखिम भएका देशहरूबाट कतारमा आइपुग्नेहरूले एयरपोर्टमा ४८ घण्टासम्म मान्य हुने कोरोना टेस्टको नेगेटिभ प्रमाणपत्र देखाउनु पर्ने जनाएको छ ।

कतारको एयरपोर्टमा आइपुगेपछि कोरोना भाइरसको टेस्ट गर्नु पर्नेछ भने एक हप्ताको लागि होम क्वारेन्टाइन बस्नु पर्ने छ । हप्ता दिन बितिसकेपछि, यात्रुले अर्को पटक सरकारले तोकेको स्वास्थ्य केन्द्रमा गई कोरोना जाँच गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले कम जोखिम भएका देशहरूको सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्ने जनाएको छ । यदि यी कम जोखिम भएका देशहरूमा मान्यता प्राप्त कोरोना परीक्षण केन्द्रहरू छन् भने, यी केन्द्रहरू मध्ये एकबाट कोरोना जाँचको प्रमाणपत्र प्राप्त गर्ने यात्रुलाई एयरपोर्टमा जाँच लिनबाट छुट दिइने मन्त्रालयले उल्लेख गरेको छ ।

कतार प्रवेस गरिसकेपछि अनिबार्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्नेछ स्थिति सामान्य बन्दै गए कतारले सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ८ सय ७१ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ४ हजार ६ सय ४१ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६३ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।