2026-11-03 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा विपद्बाबाट जोगिन पूर्वसूचना प्रणाली, ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध

दुर्गा देवकोटा । साउन ८, टीकापुर । बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ ।

विपद् पूर्वसूचना कार्यविधि २०६७ लागू गरेर पूर्वसूचना संयन्त्रको विकास गरिएको हो । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत चेतन खड्का पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने क्षति न्यूनीकरण भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कैलालीमा पूर्वसूचना प्रणालीले राम्रो काम गरेको छ । सयममै सूचना पाउँदा धेरै धनजनको क्षति हुनबाट जोगाएको छ ।”

कैलालीमा उपल्लो तथा मध्य तटीय क्षेत्रमा १६ स्थानमा नदी मापन अवलोकन केन्द्र र १९ स्थानमा वर्षा मापन अवलोकन केन्द्र बनाइएका छन् । वर्षायाममा यी केन्द्रमा खतराको सङ्केत अवलोकन गरेर खटिएका कर्मचारीले तल्लो तटीय क्षेत्र र सङ्कटासन्न क्षेत्रमा पूर्वतयारीका लागि सूचना प्रवाह गर्ने काम गर्छन् । नदी मापन अवलोकन केन्द्र लिक्मा वडैपुरका डम्बर नेपाली दिनमा तीन पटक सूचना दिने गरिरहेको जानकारी दिनुभयो । “दिनमा तीन पटक नदी मापन गर्छौं । त्यसको रेकर्ड राख्ने काम गर्छौं र तल्लो क्षेत्रमा सूचना प्रवाह गर्छौं”, उहाँले भन्नुभयो, “बाढी आएको समयमा घण्टाघण्टामा मापन गर्ने र सूचना दिने काम गरिन्छ ।”

डम्बर जस्तै जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वसूचना केन्द्र कर्णाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले पनि पूर्वसूचना लिनेदिने काम गरिरहनुभएको छ । “नदीमा पानी बढेको समयमा स्टेशनमै गएर बस्छु, आधा/आधा घण्टामा पानी बढेको मापन गर्ने काम गर्छु”, उहाँले भन्नुभयो, “यसका साथै दिपायलको सेती नदी, भेरी नदीको पानी मापनको सूचना लिने गर्छु र बर्दिया जिल्लाको पाताभार, र्दौलतपुर, कैलालीको टीकापुरका विभिन्न सूचना प्रणालीका संयोजक, प्रशासन, स्थानीय तह र रेडक्रसलाई सूचना दिने काम गर्छु ।”

तल्लो तटीय क्षेत्रमा रहेका सूचनाकर्ताले माथिल्लो क्षेत्रमा रहेका बाढी अवलोकनकर्ताबाट लिएको सूचना स्थानीयस्तरमा पुर्याउने काम गर्छन् । “यही प्रणालीको विकास गरेकाले बाढीबाट समुदायमा हुने क्षति कम गर्न सजिलो भएको छ”, टीकापुर–७ बैद्धिका पूर्वसूचना प्रणालीका संयोजक वासुदेव कोइराला भन्नुहुन्छ, “हामी यसरी परिचालन हुन्छौँ कि बाढीको जोखिम बढेमा समुदायमा सूचना पुग्न १५ मिनेट लाग्छ ।”

जिल्ला प्रशासन कार्यालयको भवनभित्रै पूर्वसूचना केन्द्र स्थापना गरिएको छ । यसले कर्णाली र मोहना नदीको जलस्तर तथा निगालीको वर्षाका बारेमा जानकारी दिने गरेको छ । पूर्वसूचना प्रणालीका कारण कैलालीमा बाढीबाट हुने क्षति घटाउन ठूलो सहयोग पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो, “पूर्वसूचना प्रणालीअनुसार नै उद्धार संयन्त्र पनि परिचालन हुने गर्छ”, उहाँ भन्नुहुन्छ, “पानीको बहाव तल्लो क्षेत्रसम्म पुग्दा समय लाग्छ । समयमै सूचना गरिए पानीको बहाव तल्लो क्षेत्रमा पुग्दासम्म बस्तीलाई उद्धार गर्न वा सुरक्षित स्थानमा सार्न सकिने भएकाले यो प्रणाली प्रभावकारी छ ।”

जिल्लामा साना नदी धेरै भए पनि कर्णाली, मोहना, पथरैया, कन्द्रा र काँडा नदीले वर्षेनी बाढीको जोखिम बढाउँछ । वर्षेनी बाढी तथा नदी कटानका कारण यहाँ ठूलो धनजनको क्षति हुन्छ । कर्णाली चिसापानीमा १० मिटर पानी पुगेमा चेतावनी तह र ११ मिटर खतरा तह मानिन्छ भने मोहना नदीमा दुई मिटर चेतावनी तह तीन मिटर खतराको सङ्केत मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते