९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टोखा नगरपालिकाद्वारा पहिरोले मृत्यु भएका परिवारलाई सहयोग

८ श्रावण २०७७, बिहीबार ०८:२२

साउन ८, काठमाडौँ । टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन  र सन्ध्या रानाको परिवारलाई रु ५० हजार सहयोग गर्ने भएको छ । नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । “वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उहाँले भन्नुभयो । नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले रु ५० हजारसम्म  रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्नेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल