२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध

८ श्रावण २०७७, बिहीबार ०८:५८

साउन ८, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।

यही साउन १० गते पर्ने यो पर्व कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको बताइएको छ ।

‘आफू बचौँ र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले जानकारी दिनुभयो । उहाँले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ–आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको बताउनुभयो ।

यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको बताइएको छ । गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरुको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य