2026-09-12 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध

साउन ८, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।

यही साउन १० गते पर्ने यो पर्व कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको बताइएको छ ।

‘आफू बचौँ र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले जानकारी दिनुभयो । उहाँले विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ–आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको बताउनुभयो ।

यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको बताइएको छ । गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरुको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन