१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिउँदमा पानी छाड्ने गरी तयारीमा नारायणी लिफ्ट

८ श्रावण २०७७, बिहीबार ०९:१७

साउन ८, चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ । 

लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई खेमबहादुर पाठकका अनुसार लिफ्टका दुईवटा पम्पमध्ये एउटा पम्प नयाँ जडान गरिँदैछ । यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । करिब रु ३५ करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण साउन २३ गतेसम्मलाई सारिएको छ ।

वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउनुहुन्छ । हाल सञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प छ दशमलव छ केभिएबाट चल्ने उहाँले जानकारी दिनुभयो । लिफ्टमा भइरहेका दुई पम्प सञ्चालन गर्दा तीन महिनामा रु एक करोड ५० लाख बराबरको विद्युत् खपत हुँदै आएको छ । नयाँ पम्प आएसँगै विद्युत् खपत निकै कम हुने पाठकको भनाइ छ । पुराना पम्प भएकाले अहिले वर्षमा रु दुई करोड हाराहारी पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ । 

हाल भएका पुराना दुई पम्पको मोटरमाथि छन् भने अबको नयाँ पम्प समर्सियल (पानीमुनि राखिने) किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नं ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताउनुहुन्छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।

भरतपुर महानगरपालिका–१ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानीमाथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिञ्चित गरिँदै आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ । अध्यक्ष रानाभाटले भन्नुभयो, “अब हामी वर्षैभरि पानी दिन सक्ने गरी पम्पको स्तरोन्नति गर्दैछाँै ।” उहाँका अनुसार हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ । रानाभाटका अनुसार भरतपुर महानगर प्रमुख रेनु दाहाल लिफ्ट हिउँदमा पनि सञ्चालन गर्ने गरी स्तरोन्नति गर्न सकारात्मक हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरप्रमुख सकारात्मक हुनुहुन्छ, स्थलगत अध्ययन गरी उहाँले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आउनुभएको छ ।”

दाहाल प्रमुख भएदेखि नै कृषि क्षेत्रको विकासका लागि लागिपरेको बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “लिफ्टको स्तरोन्नतिका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।” उहाँले पम्प फेरेर हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आफूले आवश्यक पहल गर्दै आएको उहाँको भनाइ छ ।

महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँले बताउनुभयो । पानीको नहर अतिक्रमण हुनबाट रोक्न महानगर सधँ सहयोगी हुने उहाँको भनाइ छ । लिफ्टका केही नहरहरु मिचिएका छन् । कतिपयमा सडक बनाएर कालोपत्रसमेत गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी