२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा ३३ नेपाली कामदार अलपत्र, पाँच महिनादेखि तलव नदिएपछि भोकभोकै !

९ श्रावण २०७७, शुक्रबार ०४:५७

योगेन्द्र योगी | साउन ९, दोहा | कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि ३३ नेपाली कामदार अलपत्र परेका छन् । 

कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत ३३ जना नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएको पिडितहरु मध्ये रोल्पाका प्रकास मगरले जानकारी दिएका छन्  । 

पिडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिए उनीहरुको भनाइ छ । कम्पनी प्रसाशनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महतले बताए । 

सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउदा तोकिएको तलव लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् ।


म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दैआएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् । 

उनीहरुका अनुसार कम्पनीले तलव नदिएपछि दुई महिनादेखि  आफूहरु एसी बिनाको कोठामा नै बस्‍न बाध्य भएको कामदारको गुनासो छ ।

उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् । कुवेतमा रहेको नेपाली दूतावासले समेत आफ्नो कुरा नसुनेको उनीहरुले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य