2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा विपद् बाट १ महिनामा १६ जनाको मृत्यु

साउन ९, गोदावरी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिराबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन् ।

प्रदेशमा बाढीका ६ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन् । बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विपद्का घटनमा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ । पछिल्लो एक महिनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ ।

विपद्बाट बझाङमा तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता छन् । पहिराबाट एक घाइते भएका छन् । बाढी तथा पहिराबाट ३४ परिवार विस्थापित भएका छन् भने १७ घरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन् । पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन् । ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन । बाढी र पहिरोका घटनामा दार्चुलामा छ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ । बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन् ।

बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ । बाढी तथा पहिराबाट बाजुरामा २० परिवार प्रभावित भएको जनाइएको छ । पछिल्लो एक महिनामा डोटीमा आठ विपद्का घटना भएका छन् । बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन । कैलालीमा बाढीबाट १४ घरपरिवार र कञ्चनपुरमा दुई घर प्रभावित भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन