२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयले भन्यो ‘जापान पठाइदिने प्रलोभनमा कसैलाई पैसा नबुझाउनु’

९ श्रावण २०७७, शुक्रबार १०:५०

साउन ९, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानको रोजगारीमा पठाइदिने सुनिश्चित भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरी रकम समेत असुलेको जानकारी प्राप्त भएको भन्दै त्यसमा सजग रहन आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत जापान जाने कामदार छनौट हुने व्यवस्था रहेको र कामदार छनौट प्रकृयामा नीजि क्षेत्रका संस्थाहरुको भूमिका नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ती जारी गर्दै नेपाल र जापान सरकारबीच भएको एमओसी अनुरुप हाल केयर गिभरका लागि केहि माग प्राप्त भएको र त्यसका लागि मन्त्रालयले सम्वन्धित सरोकारवालाहरु समेतलाई सहभागि गराउँदै छनौटको लागि आधारहरु तय गर्ने काम अगाडी बढाएका बताएका छन् । सो आधार तयार भएपछि जापानबाट माग भएबमोजिम कामदारहरु जापान जाने क्रम अगाडी बढ्ने विज्ञप्तीमा जनाइएको छ ।

नेपाल र जापानबीच यसअगाडी नेपाली श्रमिक लिने विषयमा सम्झौता भएको छ । सो अनुसार जापानले जापानी भाषा परीक्षा उत्तीर्ण गरेका तथा सम्वन्धित काम गर्न सक्नेगरी सीप परीक्षण गरेर मात्र विदेशी श्रमिक लिने नीति बनाएको छ । यसका लागि जापान सरकारले जापान फाउण्डेसनलाई छनौटको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य