साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा ब"/>

2026-06-27 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन

साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा बाट २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला वन कार्यलयका नायव सुव्बा गजाधर जोशीले बताउनु भयो । आर्थिक वर्ष २०७२/७३ मा जम्मा ३ सय २४ किलो यार्सागुम्बा बाट ३७ लाख ९० हजार रुपैयाँ राजस्व जम्मा गरेको जिल्ला वन कार्यलयले यो वर्ष भने गएको वर्षको भन्दा बढी राजस्व संकलन गर्ने अनुमान कार्यालयले गरेको छ । नेपाल सरकारले २०७२ साल कार्तिक १७ गते राजपत्रमा प्रकाशित गरेको सुचनाका आधारमा यार्सागुम्बाको राजस्व  प्रती केजी १० हजार बाट २५ हजार रुपैयाँ बढाएको थियो । 

यो निर्णय पछि यार्सागुम्बा कम निर्यात हुने तर राजस्व भने गएको वर्षहरुमा भन्दा बढी उठ्ने अनुमान गरिएको जिल्ला वन कार्यलयका अधिकृत कर्ण बहादुर खातीले बताउनुभयो ।  आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४ सय २३ किलो यार्सागुम्बा बाट ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा हाल सम्म १ सय ३५ किलो १ सय ग्राम यार्सागुम्बा बाट ३३ लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको नायव सुव्बा गजाधर जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट