2026-09-13 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी दोहन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्रको गस्ती परीचालन

पर्वत ,

कालीगण्डकी नदीमा बालुवाको उत्खनन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ । पछिल्लो समय रातको समयमा कालीगण्डकी नदी दोहन हुदै गरेको भिडियो तथा समाचारहरु बिभिन्न सञ्चार माध्यममा आउन थालेसंगै पर्वत प्रशासनले एक्सन लिन थालेको छ । नदीका बिभिन्न क्षेत्रमा उत्खनन बढेको भन्दै स्थानियहरुले सामाजीक सञ्जाल तथा प्रशासनलाई लक्षित गरी बिभिन्न टिका टिप्पणी गर्न थालेपछि प्रशासनले एक्सन लिन थालेको हो ।  पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन् गर्ने गरेको पाईएपछि प्रशासनले शुक्रबार देखि शसस्त्र र नेपाल प्रहरीलाई एकसाथ परिचालन गर्ने निर्णय गरेको छ । बिगत लामो समयदेखि बिवादित बन्दै आएको कालीगण्डकीमा बालुवा उत्खनन रोक्न शसस्त्र प्रहरी समेत परिचालन गरिएको यो पर्वतको पहिलो घटना हो ।  कालीगण्डकी नदीको पर्वतको कुस्मा देखि म्याग्दीको सदरमुकाम बेनी बजार सम्म बिभिन्न स्थानमा जथाभावी रुपमा एक्साभेटर जस्ता ठुला उपकरणहरु प्रयोग गरेर बालुवा चोरी निकासी भैरहेको छ । नदीमा एक्साभेटर प्रयोग गर्न कानुनी रुपमा बन्देज भएपनि दिनहुँ दर्जनौ एक्साभेटर प्रयोग गरि बिभिन्न ठाउँबाट बालुवा निकाल्ने काम भैरहेको छ । जथाभावी रुपमा बालुवा निकाल्दा नजिकका बस्ती समेत जोखिममा परेको भन्दै स्थानियबासीले जनप्रतिनिधी र स्थानिय प्रशासन संग यसलाई रोक्न बारम्बार माग गरेका समेत गरेका छन ।  प्रशासनले एक्सन लिईसक्यो एक चिम्टी बालुवा कसैले उत्खनन् गर्न पाउँदैन सिडियो  जिल्लाको जटिल र चर्चाको विषय बन्दै आएको कालीगण्डकी नदीको अबैध दोहनको बिषयलाई लिएर पर्वत प्रशासनले एक्सन लिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पछिल्ला केहि दिन यता नदी दोहनको बिषयमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्ने बढेको जन गुनासा आउन थालेको साथै भदौ १५ सम्म नदीमा हेभी इक्विपमेन्ट प्रयोग गरेर उत्खनन गर्न कानुनी हिसाबले प्रतिबन्ध भएका कारण त्यसलाई कार्यान्वयन गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । रेग्मीले नेपाल प्रहरीको मुख्य जिम्बेवारी भएको भए पनि प्रहरीले यसलाई नियन्त्रण गर्न नसके पछि शसस्त्रलाई पनि एक साथ गस्तीमा खटाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले