Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्यमा दिनदिनै कीर्तिमान, १ लाख २५ हजारसम्म पुग्ने अनुमान

२०७७, १० श्रावण शनिबार ०४:०१

साउन १०, काठमाडौँ | सुनको मूल्य दिन-प्रतिदिन बढ्दै गएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन दशैंसम्ममा १ लाख पुग्ने र चैतसम्ममा १ लाख २५ हजारसम्म पुग्ने व्यवसायीहरुले आंकलन गरेका छन् ।

सनिबार शुक्रबार दररेटमा सुनको कारोबार हुने गरेको छ । सुक्र्बार प्रतितोला सुनको मूल्य ९५ हजार ८ सय कायम गरिएको छ जुन हालसम्मकै उच्च हो । 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै नेपालमा पनि सुनको भाउ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । पछिल्लो ९ दिनयता सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ ।


व्यवसायीहरुका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढ्दै गएको र यही तरिकाले बढ्दै गए आगामी चैतसम्ममा सभा एक लाखसम्म पुग्ने अनुमान छ । शुक्रबार बिहान अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ सय ८८ अमेरिकी डलर रहेको महासंघले जनाएको छ । शुक्रबार बेलुका उक्त मूल्य बढेर प्रतिऔस १८ सय ९३/९५ डलर पुगेको छ ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय रुपमा सुनमा लगानी बढेको कारण सुनको मूल्य बढ्दै गएको बताइएको छ । सुनमा लगानी सुरक्षित मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्दा सुनमा बढी लगानी हुने गर्दछ । त्यसैले लगानीकर्ताहरुले अन्य क्षेत्रको लगानी समेत झिकेर सुनमा लगानी बढाउँछन् । जसको कारण अन्तराष्ट्रिय रुपमै सुनको मूल्यमा भारी वृद्धि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा