९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्यमा दिनदिनै कीर्तिमान, १ लाख २५ हजारसम्म पुग्ने अनुमान

१० श्रावण २०७७, शनिबार ०४:०१

साउन १०, काठमाडौँ | सुनको मूल्य दिन-प्रतिदिन बढ्दै गएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन दशैंसम्ममा १ लाख पुग्ने र चैतसम्ममा १ लाख २५ हजारसम्म पुग्ने व्यवसायीहरुले आंकलन गरेका छन् ।

सनिबार शुक्रबार दररेटमा सुनको कारोबार हुने गरेको छ । सुक्र्बार प्रतितोला सुनको मूल्य ९५ हजार ८ सय कायम गरिएको छ जुन हालसम्मकै उच्च हो । 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै नेपालमा पनि सुनको भाउ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । पछिल्लो ९ दिनयता सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ ।


व्यवसायीहरुका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढ्दै गएको र यही तरिकाले बढ्दै गए आगामी चैतसम्ममा सभा एक लाखसम्म पुग्ने अनुमान छ । शुक्रबार बिहान अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ सय ८८ अमेरिकी डलर रहेको महासंघले जनाएको छ । शुक्रबार बेलुका उक्त मूल्य बढेर प्रतिऔस १८ सय ९३/९५ डलर पुगेको छ ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय रुपमा सुनमा लगानी बढेको कारण सुनको मूल्य बढ्दै गएको बताइएको छ । सुनमा लगानी सुरक्षित मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्दा सुनमा बढी लगानी हुने गर्दछ । त्यसैले लगानीकर्ताहरुले अन्य क्षेत्रको लगानी समेत झिकेर सुनमा लगानी बढाउँछन् । जसको कारण अन्तराष्ट्रिय रुपमै सुनको मूल्यमा भारी वृद्धि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता