२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

८१ लाख मूल्य बराबरको अवैध सामान बरामद

१० श्रावण २०७७, शनिबार ०६:४९

साउन १०, कैलाली | जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा रु ८१ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ । 

सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी रु २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैधरुपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै अवैध रुपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको रु ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन पक्राउ गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले  जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महिनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिनुभयो । सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताउनुभयो ।

यस्तै प्रहरीले विगत एक महिनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य