२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट नेपालका लागि चार्टर्ड उडान तालिका सार्वजनिक, हेर्नुहोस् तालिका सहित

१० श्रावण २०७७, शनिबार १०:४४

साउन १०, काठमाडौँ । साउदी सरकारले हालसम्म ४९८ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । साउदी स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न अनुरोध गरेको छ।  

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाको लागि २०७६ पौष, माघ र फागुनमा दिएका निवेदनहरु मध्ये केही व्यक्तिहरुको बहिर्गमन भीसा प्राप्त भएको दुतावासले जनाएको छ । यस मध्ये १ देखि ४२१ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको दुतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ। 

वहिर्गमन भीसाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया हाल सुचारू भएको छ।  साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने व्यहोरा समेत अनुरोध गरिन्छ । यस विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्नुहुन दुतावासले अनुरोध गरेको छ ।

वहिर्गमन भीसा प्राप्त गरेकाहरुको नामावली 



हवाई उडान तालिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य