साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको "/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जिल्ला वन कार्यालय कैलालीद्धारा ६२ वटा मुद्दाको छिनोफानो

२०७३, १० श्रावण सोमबार १५:५०

साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको नयाँ गरी जम्मा ८७ मुद्दा रहेकोमा ६२ वटा पछ्र्यौट भएको सो कार्यालयले जानकारी दिएको छ । 

वन पैदावर सम्बन्धी ४८, वन क्षेत्र अतिक्रमण र चोरी शिकार सम्बन्धी ७/७ वटा मुद्दाको छिनोफानो भएको मुद्दा फाँटका नायब सुब्बा झपिराज भट्टले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७१/७२ मा पछ्र्यौट हुन नसकेको वन पैदावर सम्बन्धी ५९, अतिक्रमण सम्बन्धी पाँच र चोरी शिकार सम्बन्धी १२ गरी ७६ वटा मुद्दाको लगत गत आर्थिक वर्षमा सरि आएको थियो । आर्थिक वर्ष २०७२/७३ मा वन पैदावर सम्बन्धी ६, अतिक्रमण सम्बन्धी दुई र चोरी शिकार सम्बन्धी तीन गरी न्यून मुद्दा परेकोमा अधिकांश मुद्दा टुङ्ग्याइएको छ । करिब १८ वटा मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको जनाइएको छ । गत आर्थिक वर्ष वन पैदावर सम्बन्धी १७ र चोरी शिकार सम्बन्धी १ मुद्दा फछ्र्यौट हुन नसकेको जनाइएको छ । सात वटा मुद्दा भने अदालतमा पठाइएको छ । 

एक वर्षभन्दा बढी कैद सजाय हुने अपराधको मुद्दालाई जिल्ला वन कार्यालयले अदालतको जिम्मा लगाउने संवैधानिक व्यवस्था रहेको नायब सुब्बा भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की