२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल नहुँदा स्थानीयलाई सास्ती

११ श्रावण २०७७, आईतवार ०२:३१

साउन ११, सर्लाही | हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन् । सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको  स्थानीयवासी रामकरण महतो बताउनुभयो । सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल रु ५० र मोटरसाइकल तारेको रु १५० असुल्दै गरेको स्थानीयवासीको भनाइ छ ।

निर्माण शुरु गरेको वर्षौँ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो । बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा  यात्रुलाई  साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन् । अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ