2026-06-17 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ज्यान गुमाएका मृतकका परिवारलाई १२ लाख आर्थिक सहयोग

साउन ११, काठमाडौँ । रोजगारको शिलशिलामा साउदी स्थित अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा  कार्यरत  लिला चन्द्र सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएपछि  उनको परिवारलाई सोही कम्पनीमा कार्यरत नेपाली साथीहरुले आर्थिक सहयोग गरेका छन् । 

मानवीय भावना र सेवा भावले सापकोटाको अल्कपनीय निधनले दुःखी भएका साथीहरुले सा–साना छोराछोरी र उनका परिवारलाई सान्तवना दिन आर्थिक संकलन गरी साउदी रियल ३८ हजार ४ सय १९ (नेपाली रु. १२ लाख २० हजार ) रकम पठाईएको छ । संकलित रकम छोराछोरीको स्वास्थ्य उपचार र पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यका साथ ३ जना बच्चाकै नाममा बैंक खाता सञ्चालन गराएर फिक्स डिपोजिट गराएको साउदीबाट बेकरी टिमका सक्रिय सदस्य मिलन तामाङ जानकारी दिए ।  


धादिङ जिल्ला स्थित नेत्रवती गाउँपालिका वडा नं. ३ का लिला सापकोटा विगत ६ वर्ष अघिदेखि त्यस कम्पनीमा कार्यरत थिए । उनका श्रीमती सीता सापकोटाका अनुसार लिलाको रक्तचाप उच्च थियो । अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतक परिवारलाई दुःखको घाउमा मलमपट्टि लगाउने काम गर्दै सापकोटाको मृत आत्माको शान्तिको कामना तथा शोकाकुल परिवारजनमा शान्ति र धैर्यधारणा समेत व्यक्त गरेका छन् । 

आर्थिक संकलन अभियानमा कृष्ण ठकुरी, निर्मल सुनुवार, लाल बस्नेत, दीपक खतिवडा, टंक काफ्ले लगायत साथीहरुको सक्रिया भूमिका रहेको जनाएको छ । त्यहाँबाट पठाएको रकम मृतक सापकोटाको दुई छोरीहरु सुहाना सापकोटा, सलिना सापकोटा र छोरा सुहान सापकोटाको नाममा रहेको बैंक खातामा जनही रु. ३ लाख ९० हजारका दरले डिपोजिट तथा उनका आमा बुबाका लागि रु. ५० हजार खर्च पठाएको अभियानका संयोजक मिलन तामाङले जनाकारी दिए । 

सहयोग रकम पठाउँदै सोही नेपाली बेकरी परिवारका संयोजक बम बहादुर राईले परिवारको सुन्दर भविश्य बोकेर उजाड मरुभूमिको ४०÷५० डिग्रीको घामको चापमा काम गर्न बाध्य भएको सुनाउँदै कामको शिलशिलामा आफ्नो साथी गुमाउदा पीडा भएको सुनाउँदै अबको दिनमा त्यस्तो परिस्थित नआओस भन्ने कामना गरे । 

२०१३ जुलाई १ तरिखदेखि उक्त कम्पनीमा कार्यरत सापकोटाको गत जनवरी २२ मा अचनक ढलेर विहोस् भएपछि अस्पताल पुग्नु अगाडी नै मृत्यु भएको जनाएको छ  । नेपाल स्थित धादिङ जिल्लामा उनको बुबाआमा संगै श्रीमती, दुई छोरी र छोरा रहेको बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ