२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पर्यटन व्यवसाय सञ्चालन हुने

१२ श्रावण २०७७, सोमबार ०७:१०

साउन १२, नुवाकोट | नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा हालसम्म भएका प्रयासको समीक्षा गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने गरी सामूहिक भोज पार्टी सेमिनार वा अन्य सामूहिक भेला हुने बाहेक साउन १५ गतेदेखि जिल्लास्थित होटलरेष्टुरेण्ट, ट्रेकिङट्राभल तथा पर्वतारोणलगायतका पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार  बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन आगामी भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आगामी भदौ १ गतेदेखि जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल सरकारको अर्को सूचना आएपछि मात्रै तोकिएको सेवा र कार्यहरु जस्तै शैक्षिक संस्था, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन ब्यूटीपार्लर, तथा स्पा, स्विमिङ पुल जिमखाना हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभयो । 

रु दुई करोड १५ लाखभन्दा बढी राजश्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय नुवाकोटले रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरिएको छ । 

कार्यालयले गत आर्थिक वर्षमा राहदानी शुल्क दस्तुरअन्तर्गत रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका लेखापाल उज्वल दनवारले बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले प्रशासनिक दण्डजरिवाना र जफत दस्तुरअन्तर्गत रु ७५ हजार १३०, हातहतियारको कागजपत्र दस्तुरअन्तर्गत चार हजार ७४०, एजेन्सी रजिष्ट्रेशन दस्तुरबापत दुई लाख ३७ हजार ९२०, परीक्षा शुल्क दस्तुरबापत नौ हजार २०० र बेरुज फिर्ता दस्तुरबापत २१ हजार १४१ गरी कूल रु दुई करोड १५ लाख ५५ हजार ६३१ राजश्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान