योगेन्द्र योगी। साउन १४, दोहा। कुवेतले अगष्ट १ तारिकदेखी अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ । प्रारम्भिक चरणमा २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको छ ।
नागरिक उड्डयन निर्देशनालयलका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्ने जनाएको छ ।
यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।
उनका अनुसार एयरलाइन्सहरुले समय तालिका र उडान समय चाँडै घोषणा गर्ने समेत जनाएका छन् । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको जनाएको छ ।
कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाएपनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेत सरकारले पुन: सूचारु गर्ने हवाई उडानले सयौ नेपाली कामदारलाई स्वदेश फर्किनमा राहत पुग्ने अनुमान गरिएको छ ।