2026-07-26 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका उडान कहिले छ ?हेर्नुहोस्

साउन १४, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगस्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले अगस्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । यूएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेद्धा, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

नेपाल एयरलाइन्स

जुलाई ३१ मा जापान र कुवेत

अगष्ट १ मा क्वालालम्पुर र कतार

अगष्ट २ मा जेद्धा र दुबई

अगष्ट ३ मा अस्ट्रेलिया र कतार

अगष्ट ४ मा दुबई र कतार

अगष्ट ५ मा रियाद र दमाम

अगष्ट ६ मा रियाद र दुबई

अगष्ट ७ मा रियाद र दमाम

अगष्ट ८ मा जेद्धा र दुबई

हिमालय एयरलाइन्स

जुलाई ३० र अगष्ट १ मा कुवेतमा दुई उडान

जुलाई ३१ मा चीनको कुनमिङ

जुलाई ३१ र अगष्ट ३ मा दोहा

जुलाई ३१, अगष्ट १,२, ३ र ४ मा अबुधाबी गन्तव्यमा चार्टड उडान

अगष्ट २, ३, ६ र ७ मा क्वालालम्पुर

अगष्ट ४, ५, ६ र ७ मा दमाम

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै ५ महिनापछि हुने नियमित उडान एक तिहाइ संख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली