योगेन्द्र योगी । साउन १५, दोहा। कुवेतमा समस्यामा परेका ३३ जना नेपाली कामदारलाई सृजनशील युवा समाज कुवेतले खाद्यान्न सहयोग गरेको छ । कुवेतको अल राकिव कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरुलाई राहत लिएर सृजनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर धामी लगायत अन्य सदस्यहरु कोठामै आएको पीडितहरुले बताएका छन् ।
काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि उनीहरु कुवेत गएका थिए । म्यानपावर कम्पनीले उद्धार गर्न आग्रह गरे पनि कुनै पहल नगरेकोले आफूहरुको अबस्था दयनीय बताउदै विभिन्न संचार माध्यममा खबर प्रकासित भएको तथा सृजनशिल युवा समाजले गरेको पहलको कारण म्यानपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको उनीहरुले बताएका छन् ।

सृजनशील युवा समाजले पीडितहरुको समस्या कुवेतस्थित नेपाली दूतावासमा पुगेर राखेको समेत बताएका छन् भने पीडितहरुले लेवरकोटमा पनि उजुरी गरिसकेको जनाएका छन् ।
यसअघि पीडितहरुले कुवेतमा पाँच महिनादेखि कम्पनीले तलव नदिएको कारण आफूहरु समस्यामा परेको गुनासो गरेका थिए । कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिए उनीहरुको भनाइ छ ।
कम्पनी प्रसाशनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको पीडितहरुले बताएका छन् । सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको हो । म्यानपावर कम्पनीले समस्या समाधानको लागि रोजगारदाता कम्पनीलागि आग्रह गरेको साथै कुवेतस्थित नेपाली दुतावासमा पनि जानकारी गराइसकेको बताएको छ ।