2026-09-12 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार कार्यक्रमबाट साढे चार हजारलाई रोजगारी

मनिष खड्का | साउन १५, रुकुम | रुकुमपश्चिममा आर्थिक वर्ष २०७६/७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् । 

सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाका साढे चार हजार बढी बेरोजगारले केही दिनको रोजगारी पाएका हुन् । 

एक आर्थिक वर्षमा कम्तीमा सय दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात कम्तीमा एक सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा २० देखि २५ दिनसम्मको रोजगारी पाएका छन् । 

खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मतसहित क्वारेन्टाइन निर्माणसम्ममा बेरोजगारलाई रोजगारी दिइएको छ । स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्ष जिल्लाभरमा दुई हजार ४१३ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार २६७ गरी कूल चार हजार ६८० जनाले रोजगार पाएका हुन् । 

मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४५० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८३, चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०३ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २८७ तथा आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३०० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २०० बढीले रोजगारी पाएका छन् । 

त्यस्तै बाँफिकोट गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सात÷सात सय बढी, त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५४५ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ६१३ तथा सानीभेरी गाउँपालकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २४६ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत २५२ जनाले केही दिनको रोजगारी पाएका छन् । 

कम्तीमा एक सय दिनको रोजगारी दिने भनिएपनि जिल्लामा बढी रोजगारी पाउनेले २० देखि २५ दिनको मात्र रोजगारी पाएका छन् । बजेट कम भएको र वेरोजगारको संख्या बढी भएका कारण सबैलाई रोजगारी दिनुपर्दा वेरोजगारहरुले कमै दिन रोजगारी पाएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले बताउनुभयो । 

त्यस्तै यो वर्ष लकडाउनका कारण बेरोजगारको सुचिमा सूचिकृत भएका भन्दा अरु व्यक्तिले पनि काम गरेकाले भने जति रोजगारी दिन नसकिएको उहाँको भनाइ छ । मुसीकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ७१ लाख ८० हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख बजेट खर्च गरेको छ । 

चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममा रु एक करोड तीन लाख ७८ हजार र प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ३८ लाख २६ हजार तथा आठबीसकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा रु ६६ लाख ८९ हजार र मुख्यमन्त्री रोजगार कार्यक्रममा रु ६४ लाख ४० हजार खर्च गरेको जनाएको छ । 

बाँफिकोट गाउँपालिकाले मुख्यमन्त्री रोजगारका लागि रु एक करोड तीन लाख ७२ हजार र प्रधानमन्त्री रोजगारका लागि रु ४२ लाख ८८ हजार, त्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री रोजगारका लागि रु ५६ लाख ३६ हजार र मुख्यमन्त्री रोजगारका लागि रु ३६ लाख चार हजार १० तथा सानीभेरी गाउँपालिकाले मुख्यमन्त्री रोजगारमा रु ६४ लाख र प्रधानमन्त्री रोजगारमा रु ५३ लाख ७२ हजार खर्च गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ