साउन १६, काठमाडौं । चेक रिपब्लिक पठाईदिन्छु भनी लाखौँ रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई गत बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राम्रो तलब-सुविधा सहित विदेश पठाइदिने प्रलोभन देखाई रमेशले पिडित युवासँग नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरेका थिए । फरार रहेका रमेशलाई विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।
रमेशले अन्य १५ जना व्यक्तिबाट समेत विभिन्न देश पठाईदिन्छु भनि नगद १८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।