Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मास्क प्रयोग नगर्नेलाई जरिवाना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन १६, तनहुँ | मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।<br></p><p>मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो । “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।” उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसका बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ । रासस</p>