Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओमानबाट चौथो उडानमार्फत १८० नेपाली स्वदेश फर्कँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

योगेन्द्र योगी | साउन १६, दोहा | ओमानबाट चौथो उडानमार्फत स्वदेश फर्कने नेपालीहरुको सूची सार्वजनिक गरेको छ । १४ अगस्टमा हुने उक्त उडानमार्फत १८० नेपालीहरू स्वदेश फर्कने ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

सलाम एयरमार्फत हुने उक्त उडानबाट कोरोनाका कारण समस्यामा परेकामध्ये प्राथमिकताका आधारमा फर्काउन लागिएको हो। स्वदेश फर्कनेहरुले एकतर्फी भाडा १ सय १५ ओमानी रियाल तिर्नुपर्नेछ।

स्वदेश फर्कन सबैलाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ। ८ अगष्टमै कोरोना पिसिआर परीक्षण गर्न समेत दूतावासले आग्रह गरेको छ।

ओमानबाट यसअघि तीन उडानमार्फत् ४९२ नेपाली स्वदेश फर्किएका थिए।