२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामा पाँच हजारले लिए पुनः श्रम स्वीकृति, कुन देशका लागि कति ?

१६ श्रावण २०७७, शुक्रबार ०६:१७

साउन १६, काठमाडौँ । सरकारले घर विदामा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन शुरु गरेको करिब एक महिनाको अवधिमा झण्डै ५ हजार कामदारले पुनः श्रम स्वीकृति लिएका छन् । करिब एक महिनाको अवधिमा ४ हजार ७ सय ३८ जना युवायुवतीलाई वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृति दिइएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

गत फागुन ३० गतेदेखि कोभिड–१९ महामारीका कारण बन्द रहेको वैदेशिक रोजगारी असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालयले असार १८ गतेदेखि विदामा स्वदेश आई करार अवधि बाँकी भएका कामदारहरुलाई  रोजगारीमा जान पुनः श्रम स्वीकृति दिन शुरु गरेको हो ।

असार महिनाको १३ दिनमा २ सय ५१ महिलासहित २ हजार ६ सय ६७ जना कामदारले पुनः श्रम स्वीकृति लिएका छन् भने साउन महिनाको १५ दिनमा ९२ जना महिलासहित २ हजार ७१ जना कामदारले श्रम स्वीकृति लिएका छन् । पुन: श्रम स्वीकृति खुला गरिएपनि नयाँ श्रम स्वीकृति खुला गरिएको छैन । 

पुनः श्रम स्वकिृति लिएर जाने मुलुकहरुमा यसअघि संस्थागत श्रम स्वीकृति लिएर जाने मुलुकहरुमध्ये कै युएई, कतार, मलेसिया, कुवेत, साउदी अरेबिया, बहराइन, जापान, माल्टालगायतका देश रहेका छन् ।

साउन महिनामा यूएईका लागि ७० महिलासहित ८ सय ६९ जना, कतारका लागि ४ महिलासहित ५ सय ९३ जना, अफगानिस्तानका लागि ६ जना, मलेसियाका लागि एक जना महिलासहति २ सय ६७ जना, जापानका लागि ३७ जना, बहराइनका लागि ३६ जना, ब्रुनाईका लागि ३ जना, मकाउका लागि ११ जना, माल्दिभ्सका लागि ९ जना, माल्टाका लागि ७ जना, ओमानका लागि ४१ जना, पोल्याण्डका लागि १६ जना र सिलेल्सका लागि २ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यसबीचमा रुस, नाइजेरिया, जोर्डन, इजिप्ट, डीजीबौटी, बर्मुडा, क्याम्बोडिया, चीन, क्रोएसिया, चेक गणतन्त्रका लागि एक÷एक जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरुले आफ्नै खर्चले कोभिड परीक्षण गराई श्रम स्वीकृतिका लागि आवेदन गर्दा कोभिड–१९ नेगेटिभ रहेको प्रमाणपत्र पेश गर्नुपर्ने गरिएको छ । 

सरकारले साउन ३२ गतेसम्म व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । श्रम स्वीकृति पाउने कामदार विदेशमा अलपत्र परेका नेपाली लिन जाने वा उनीहरुलाई छोड्न नेपाल आउने चार्टर जहाजमा अनपेक्षित महँगो भाडा तिरेर जाने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य