२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

भोटखोला पन्ध्रदिनदेखि सञ्चारविहीन

१६ श्रावण २०७७, शुक्रबार ०७:१५

भविन कार्की । साउन १६, किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर  सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो । 

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ । उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको उहाँले बताउनुभयो । अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उहाँको भनाइ छ ।  

अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गर्नुभयो । पन्ध्र दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताउनुभयो । भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ । 

मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् ।  जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने हुन्छ । त्यति मात्र होइन कहिलेकाहीँ त दुई÷चार दिनसम्म पनि मौसम खराब हुने गर्दछ । जिल्लाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन हुन्छन् । चिचिलाको छ्याङकुटी, मकालुको भाटभोटेनी, भोटखोलाको बाक्ले, माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

त्यसैगरी  टेलिकम सङ्खुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । त्यस्तै सभापोखरी गाउँपालिकामा समेत चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ । सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन गर्न पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीय सभापोखरी–६ का स्थानीय छत्रबहादुर गुरुङले दुखेसो पोख्नुभयो । 

इन्टरनेट सेवा पनि अवरुद्ध 

सङ्खुवासभा जिल्लाका अधिकांश स्थानमा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्ला  सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपनलयायतका स्थानमा पाँच दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । तेह्रथुमको वन्सन्तपुर र मुढे बीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ । 

आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने दूरसञ्चार शाखा कार्यालयका सूचना अधिकारी  मोक्तानले बताउनुभयो । अहिले सदरमुकाम खाँदबारीमा निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले मात्र इन्टरनेट सेवा प्रदान गरिहेका छन् । बुधबारबाट सदरमुकाम खाँदबारीको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध भएको सञ्चार सेवा कहिले सञ्चालन हुन्छ भन्न अझै अन्योल भएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान