२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

शिक्षकलाई होम क्वारेन्टिनमा राखिँदै

२०७७, १७ श्रावण शनिबार १२:३५

साउन १७, काभ्रेपलाञ्चोक (रासस) | तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रहसमेत गरेको हो । “होम क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ”, गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भन्नुभयो । उहाँका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस सङ्क्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ । साथै गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ ।

सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ । बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टिन सार्ने प्रक्रिया अबलम्बन गर्न एक/दुई दिनमै छलफल गरिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन तथा अब विद्यालयलाई क्वारेन्टिन नबनाउने निर्णय गरेपछि जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका सरोकारवालासँग केही दिनमै छलफल गरी सार्न थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “एक/दुई दिनमै छलफल गरी अन्यत्र व्यवस्थित गर्नेबारे निर्णय गर्नेछौँ ।”

हाल जिल्लास्थित १३ स्थानीय तहमा ८५१ श्याको क्वारेन्टिन व्यवस्थित गरिएको छ । क्वरेन्टिनमध्ये अधिकांश विद्यालयमा व्यवस्थित छन् । हाल तेस्रो मुलुकबाट फर्किएका ६० पुरुष र आठ महिला स्थानीय तहको क्वारेन्टिनमा बसिरहेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार ७७६ पुरुष र १५५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट ३४० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । 

यसैबीच २८ कारोना सङ्क्रमित काभ्रेलीमध्ये २७ ले कोरोना जितेर घर फर्किएका छन् । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले कोरोना सङ्क्रमित एकको आइसोलेसनमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा उपचाररत रहेको व्यक्तिको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । सङ्क्रमित सबै विदेशबाट फर्केका जिल्लाका नागरिक रहेको जनाइएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण