Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मास्क प्रयोग नगर्नेलाई कारवाही

By साझासवाल 2 मिनेट पढाइ

<p>साउन १८, तनहुँ | मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ ।&nbsp;<br></p><p>प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौं ।” उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ । रासस</p>