2026-08-31 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण

साउन १९, भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आइतबार च्याम्बरको शुभारम्भ गर्दै कोरोनाको कहरका बीच पनि समयमै काम सम्पन्न भएकोमा सरोकारवालालाई धन्यवाद दिनुभयो । राप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामग्रीको भण्डारण र बजारीकरणका लागि सेड घर र कोल्ड च्याम्बरले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो  ।

च्याम्बर ९२ लाखको लागतमा निर्माण गरिएको हो । सो रकम सबै प्रदेश सरकारले अनुदान दिएको छ । सहकारीमार्फत राप्ती  र खैहरनी नगरपालिकाका वडा नम्बर १० र ११ का किसान लाभान्वित हुनेछन् । विसं २०५७ मा स्थापना भएको सहकारीमा ११ सय शेयर सदस्य छन् भने पाँच हजार किसानले कारोवार गर्दै आएका छन् । “कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माणपछि किसानको डोको डालो र बोरामा ल्याएको तरकारी घाम पानीबाट जोगिने भयो, सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेलले भन्नुभयो”, “बाँकी रहेको तरकारी कोल्ड च्याम्बरमा राख्न सकिने भयो ।” उहाँले कोल्ड च्याम्बरमा १० टनसम्म तरकारी राख्न मिल्ने जानकारीदिनुभयो ।

तरकारी बिक्री नभएको अवस्थामा कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।  सहकारीले एक वर्षमा आठदेखि १० करोडको तरकारी निर्यात गर्ने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ , पोखरा, बुटवललगायतका शहरमा बिक्री हुने गरेको छ ।

कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार