२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल निर्माण सम्पन्नः आवतजावतमा सहज

२०७७, १९ श्रावण सोमबार ०८:२२

साउन १९, काठमाडौं । काठमाडौँको टोखामा रु तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ । 

टोखा नगरपालिकाको रु दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको रु २७ लाखको लागतमा टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुलको आज टोखाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा नगरप्रमुख अधिकारीले उक्त पुल निर्माणसँगै झोर, साङ्ला, फुटुङ र नुवाकोट आवतजावतमा सहज भएको बताउनुभयो । “टोखा नगरपालिकालाई विकास र समृद्धि बनाउने लक्ष्यअनुसार विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो । 

मनोहर तीर्थ पुल स्थानीय तहको गौरव गर्न लायक योजना भएको उहाँको भनाइ छ  । पछिल्लो समय टोखाले सडक कालोपत्र, पुल निर्माण, खानेपानी, ढल व्यवस्थित बनाउने काम गर्दै आएको छ । टोखाले चाँडै नै बाँनियाटार र मेरिगोल्ड पुलसमेत निर्माण गर्दैछ । 

विसं २०७६ जेठमा एएनएस र केएम जेविसँग सम्झौता गरेर असारमा शिलान्यास भएको उक्त पुल एक वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५ मिटर छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा