२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपाली भएको पुष्टि, को हुन् उनी ?

१९ श्रावण २०७७, सोमबार ०९:३३

साउन १९, काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको छ। दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडित दवै नेपाली भएको पुष्टि गरेको हो ।

पीडित नवलपरासीका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ। केहि दिनअघि भाइराल भएको एक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ । सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ । रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो।

उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि सुरक्षा गार्ड नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको थियो। साथै कुटपीट गर्ने व्यक्तिलाई कडा कारवाही गर्नुपर्ने माग सुरु भएको थियो । मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका थिए ।

मलेसियाको अध्यागमन कानुन अनुसार दुवैजना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जनाएको छ। उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको दूतावासले जनाएको छ। कुट्ने व्यक्ति पीडीत सुरक्षा गार्डका सुपरभाइजर रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेको समेत स्वीकारी सकेका छन। पीडक राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले प्रहरी समक्ष उपस्थित भएका छन। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दुतावासद्वारा जारी प्रेस विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य