2026-09-25 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने निर्णय

साउन १९, काठमाडौं । मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन (प्लान्टेसनमा पाल्म तेल, रबर र कोकालाई राखिएको छ) गरी तीन क्षेत्रमा मात्र विदेशी कामदार राख्ने निर्णय गरेको छ । कोभिड १९ ले अर्थतन्त्रमा नकारात्मक असर परेको कारण आफ्नै नागरिकलाई रोजगारीको सुनिश्चितता गर्न यस्तो निर्णय गरेको मलेसियाका उपमानव संशाधन मन्त्री अवाङ हसिमले बताए ।

‘हामीले निर्माण, कृषि र प्लान्टेसन गरी तीन क्षेत्रमा मात्र विदेशी कामदारलाई स्वीकृति दिने निर्णय गरेका छौं, अरु क्षेत्रमा आफ्नै नागरिकहरुलाई रोजगारी दिने हामीहरुको योजना छ’, अवाङ हसिमले भने, ‘यो निर्णयले विदेशी कामदारको सङ्ख्यालाई घटाउने सरकारको निर्देशिकालाई अवलम्बन गरेको छ ।’

उनले यसले विदेशी कामदारमाथिको निर्भरता कम गर्नमा पनि मद्दत पुर्याउने बताए । अहिले विदेशी कामदारलाई माथि उल्लेखित बाहेक सेवा तथा उत्पादन लगायतका क्षेत्रहरुमा पनि अनुमति छ ।स्थानीय श्रमिकहरुले निर्माण, कृषि र प्लान्टेसन क्षेत्रको कामलाई कम तलब र निम्नस्तरको काम भन्दै समयको बर्बाद भन्ने गरेका छन् । तर बढी तलब पाइने हुँदा त्यही काम सिंगापुरमा चाहिँ गर्ने गरेका छन् ।

यसै विषयलाई मध्यनजर गर्दै मलेसिया सरकारले त्यहाँका सहरीदेखि ग्रामिण सबै क्षेत्रमा न्यूनतम तलब १२ सय रिंगिट तोक्ने निर्णय गरेको पनि वाङ् हसिमले बताए । अहिले ग्रामिण क्षेत्रमा ११ सय रिंगिट तलब रहेको छ ।मलेसियामा करिब २१ लाख विदेशी श्रमिक रहेको सरकारी तथ्याँकले देखाएको छ । अलिखित (अनडकुमेन्टेड) श्रमिकसमेत गरेर करिब ३५ देखि ५५ लाखको बीचमा रहेको जनाइएको छ ।

मलेसिया सरकारको यस्तो निर्णयले मलेसियामा रहेका र जान चाहने नेपाली श्रमिकहरुमा पनि असर पर्ने देखिएको छ । 

रोजगारदाताको विरोध 

तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने सरकारको निर्णयले आफुहरुलाई गम्भीर असर परेको भन्दै मलेसियाको अन्य क्षेत्रका रोजगादाताहरुले सो निर्णयको विरोध शुरु गरेका छन् । मलेसियन इम्प्लाएर फेरडरेसन (एमइएफ) तथा स्मल एण्ड मिडियम ईन्टरप्राइजेज एसोसिएसनले विदेशी कामदारलाई रोजगारीमा लगाउन रोक्ने निर्णय लिनु अगाडि मलेसिया सरकारले आफुहरुसँग छलफल नगरेको भन्दै तोकिएका तीन क्षेत्रबाहेक अन्य क्षेत्र विदेशी कामदाहरुको अभावमा नराम्रोसँग प्रभावित हुने बताएका छन् ।

एमइएफका कार्यकारी निर्देशक सम्सुद्धिन बरदानले मलेसियामा वैधानिक हैसियतका २० लाख कामदार रहेको भन्दै त्यसमध्ये ८ लाख ३७ हजार ८ सयले मात्र कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा काम पाउने बताए । मलेसियाको उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेको उनले जानकारी दिएका छन् ।

विदेशी कामदार प्रयोग गर्न नपाए अन्य क्षेत्र सञ्चालनमा कठिनाइ हुने उनको भनाइ छ ।  पहिले मलेसियन नागरिकले अत्यत्नै जोखिमपूर्ण मानिने ‘डर्टी’, ‘डिफिकल्ट’ र ‘डेन्जरस’ काम गर्न शुरु गर्नुपर्ने, त्यसपछि मात्र विदेशी कामदार नल्याऊ भन्न मिल्ने रोजगारदाताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने