Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जिल्ला अस्पतालमा डायलोसिस सेवा शुरु

By साझासवाल 5 मिनेट पढाइ

साउन २०, पर्वत । पर्वत जिल्ला अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलोसिस सेवा शुरु भएको छ । अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट सोमबारदेखि मिर्गाैलाको डायलोसिस सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

जिल्लाभित्र रहेका नियमित डायलोसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीलाई लक्षित गरी मिर्गाैला उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अहिलेसम्म पर्वतमा मिर्गाैलासम्बन्धी उपचार नहुंँदा छिमेकी जिल्ला पोखरा र काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।

उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलोसिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार मृगौला डायलोसिस सेन्टरबाट ६ स्टाफ नर्स, दुई मेडिकल अफिसर र एक जना प्राविधिकले २४ सै घण्टा सेवा प्रदान गर्ने भएका छन् ।

हाल चारवटा मेसिनबाट डायलोसिस शुरु गरिए पनि आवश्यकताका आधारमा मेसिन थप गर्न सकिने जानकारी अध्यक्ष पहाडीले दिनुभयो । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममै समावेश भई आएको यो सेवाका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरी अस्पताललाई डायलोसिसका लागि आवश्यक उपकरणसहित तालीम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

करिब रु एक करोड ३० लाख भन्दा बढीको लागतमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना बिरामीको नियमित डायलोसिस गर्न सकिनेछ भने चार वटा मेसिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने पनि अध्यक्ष पहाडीले बताउनुभयो ।

अस्पतालले अहिले डायलोसिस सेवा परीक्षणको रुपमा केही दिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाइने जनाएको छ । जिल्लाभित्रै डायलोसिस सेवा सञ्चालन भएपछि समयसँगै आर्थिक बचत हुने भन्दै बिरामीले राहत महसुस गरेका छन् ।

जिल्लामै डायलोसिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा आएको पहाडीले बताउनुभयो । सरकारले मिर्गाैला रोगीहरुको निःशुल्क उपचार घोषणा गरे पनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट यो सेवा पाउन नसक्दा बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको थियो । रासस