2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

साउन २०, इनरुवा। सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिनुभयो । 

नगरपालिकाले बजार क्षेत्रभित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटी सफारी, टेम्पोलगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले बताउनुभयो । 

त्यसैगरी नगर क्षेत्रमा रहेका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंक तथा वित्तीय संस्था, नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले जानकारी दिनुभयो । 

सङ्क्रमण भेटिएका एक जना व्यापारीको क्लोज कन्ट्रयाक्टमा आएका ६५ जनाको बुधबार स्वाब सङ्कलन गर्ने, इनरुवाका १० वटै वडाबाट प्रतिवडा ५० जनाको दरले स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइने, पिसिआर परीक्षणको दायरा बढाउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताउनुभयो । नगरपालिकाको निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सिधै क्वारेन्टिइनमा त्यस्ता व्यक्तिलाई राख्नेसमेत नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते