2026-09-05 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड कहर : आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

साउन २१, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी गरेपनि नेपाल आउने हवाई उडान बन्द हुँदा लामो समयदेखि उहाँ युएईमै रोकिनुभएको छ । कम्पनीबाट कटौतीमा परेपछि सुवेदीले अहिले आफ्नै खर्चमा बसिरहनुभएको छ । 

उहाँले कम्पनीबाट कुनै पनि अर्थिक सहयोग पाउनुभएको छैन । आप्रवासी कामदारले पाउनुपर्ने सामाजिक सुरक्षा, बीमा, उपदान, सञ्चयकोषलगायत कुनै पनि सुविधा आफूले नपाएको उहाँ बताउनुहुन्छ । भइरहेको कामबाट पनि कटौतीमा पर्नु तथा आफ्नै खर्चमा चार महिना युएईमै बस्नुपर्दा आर्थिक सङ्कटका साथै मानसिक तनावबाट गुज्रनु परेको सुवेदीको ठम्याइ छ ।

झण्डै एक वर्षदेखि कतारमा सुरक्षा गार्डका रुपमा कार्यरत सुनसरीका दिपेन्द्र ढकालको पनि व्यथा पनि उस्तै छ । कम्पनी बन्द भएपछि उहाँ पनि कतारमा अलपत्र पर्नुभएको छ । न नेपाल आउने टुङ्गो लागेको छ, नत कम्पनीले खानेबस्ने व्यवस्था मिलाएको छ । आफ्नै तथा कहिलेकाहीँ त साथीभाईसँग मागेर खर्च धान्दै आएको पीडा उहाँसँग छ । काम गर्दागर्दैको कम्पनी बन्द भएपछि आफू पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएको उहाँको गुनासो छ । उल्टो नेपाल फर्कने हवाई टिकटबापतको खर्चसमेत आफँैले व्यहोर्नुपर्ने अवस्था आएको ढकालको भनाइ छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि सुवेदी र ढकालजस्तै लाखौँ आप्रवासी श्रमिकले गन्तव्य मुलुकमा ठूलो सास्ती खेप्दै आएका छन् । कतिले रोजगारी गुमाएका छन् त कति कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । कोही बिना सुविधा दैनिक ज्यालादारीमा काम गर्न विवश छन् । केहीलाई बेतलबी बिदा थमाइएको छ । कतिपयलाई त गैरकानूनी र अनैतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुले पाउनुपर्ने पारिश्रमिकसमेत भुक्तानी नगरी देश निकाला गरेकोसमेत भेटिएको छ । हजारौँ आप्रवासी श्रमिक पाकेको तलब, भत्ता तथा अन्य सुविधा छाडेर स्वदेश फिर्न बाध्य भएका आप्रवासी श्रमिकका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले जनाएका छन् ।

केही महिनाअघि एम्नेष्टी इन्टरनेशनले कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माण परियोजनामा कार्यरत आप्रवासी श्रमिकले सात महिनासम्म बिना पारिश्रमिक श्रम गरेको खुलासा गरेको थियो । अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि काम गरिरहेको कतार मेटा कोट्स (क्यूएमसी) ले त्यहाँ कार्यरत करिब १०० श्रमिकलाई पारिश्रमिकसमेत नदिई स्वदेश फर्काएको थियो । 

कोभिड–१९ का कारण खासगरी खाडी र मलेसियामा रहेका आप्रवासी कामदारले निकै सास्ती व्यहोर्नुपरेको प्रवासी श्रमिकका अधिकारको पैरवी गर्दै आएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का उच्चअधिकारीको भनाइ छ । आइएलओ, दक्षिण एसिया कार्यालयका आप्रवासन विशेषज्ञ सवरीनाथ नायर बहुसङ्ख्यक आप्रवासी श्रमिक आफूले पाउनुपर्ने तलब र काम गरेबापत प्राप्त हुने उपदानबिना नै स्वदेश फर्कन बाध्य भएको बताउनुहुन्छ । कोरोना भाइरसका कारण बेतलवी बिदामा राखिएका कारण उनीहरु स्वदेश फर्किंदा सो सुविधा प्राप्त गर्नबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले अधिकारकर्मी संस्थाले आप्रवासी श्रमिकको सङ्क्रमणकालीन न्यायका लागि पहल सुरु गरेको बताउनुभयो । 

श्रम, रोजगार पत्रकार समूहसँगको भर्चुअल छलफलमा आइएलओ मध्यपूर्व क्षेत्रीय कार्यालय, बेरुतका वरिष्ठ आप्रवासन विज्ञ रिसार्ड चोलेविन्स्कीले सो क्षेत्रमा रोजगारदाताले रोजगारीमा रहेका श्रमिकको पारिश्रमिक कटौती गर्न खोजेमा त्यसमा श्रमिकले आवाज उठाउन सक्ने अवस्था न्यून रहेको बताउनुभयो । खाडी मुलुकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नभएका कारण कोभिड–१९ को महामारीपश्चात श्रमिक रोजगारदाताले उपलव्ध गराएको अवसर ग्रहण गर्न वा स्वदेश फर्किन बाध्य छन् ।

आइएलओ मलेसियाका ‘सेफ एण्ड फेयर’ परियोजनाकी राष्ट्रिय परियोजना संयोजक येन नि फू मलेसियामा पनि मर्यादित कामको अवस्था कमजोर रहेको, कतिपय अवस्थामा करार भङ्ग गर्ने, काम गरेको तलब, सुविधा उपलब्ध नगराउने तथा कार्यथलो उचित नहुने जस्ता समस्यासँग आप्रवासी कामदार जुध्दै आएको स्वीकार गर्नुहुन्छ । 

आइएलओ नेपालका राष्ट्रिय निर्देशक रिचर्ड हावर्डले कोभिडका कारण समस्यामा परेका श्रमिकलाई रोजगारीमा जोड्दै उनीहरुको जीविका चलाउनका लागि मद्धत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले स्थानीय सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई समेत रोजगारी उपलब्ध गराउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल