९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य १ लाख नाघ्यो, आजको मूल्य कति ?

२१ श्रावण २०७७, बुधबार ०६:१७

साउन २१, काठमाडौँ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यले आज नेपाली बजारमा नयाँ ‘रेकर्ड’ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ । आज एकै दिन सुनको मूल्यमा प्रतितोला रु एक हजार ६०० ले वृद्धि भएको छ । महासङ्घले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० र छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ९०० तोकेको छ । 

मङ्गलबार प्रतितोला रु २०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ३६५ पुगेको थियो । आज चाँदीको मूल्यमा पनि प्रतितोला रु ६५ ले वृद्धि भई तोलाको रु एक हजार २९५ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमै पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार डलर नाघेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो