२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दूतावासको आपत्ति, के छ विज्ञप्तिमा ?

२१ श्रावण २०७७, बुधबार ०६:३२

साउन २१, काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले नेपालका केही म्यानपावर कम्पनीहरुले विपत्तिमा परेका कामदारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको भनी आपत्ति जनाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपाली कामदारहरुपनि समस्यामा रहेको भन्दै दूतावासले ती कामदारको समस्या समाधान गर्न कामदार पठाउने ईजाजतपत्रवालाहरुको दायित्व पूर्णरुपमा निर्वाहको अपेक्षा गरेको बताएको छ । 

कामदार अपलत्र परेपछि केही ईजाजतपत्रवालाहरुले सम्पर्क नै नगर्ने, सम्पर्क गरेपनि दूतावासले नै समस्या समाधन गर्छ, दुतावास जानु भनेर पठाउने गरेको भन्दै त्यसले समस्या समाधानमा कठिनाइ उत्पन्न भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावास तथा साउदी अरबमा रहेको गैरआवासीय नेपाली संघले रोजगारी गुमाएका वा  खाद्यान्नको अभावमा रहेका नेपाली कामदारहरुलाई सहयोग गरिरहेको र सहयोगको क्रम जारी रहेको भएपनि कामदार पठाउने ईजाजतपत्रवालाहरुले जिम्मेवारी नलिइदिँदा सबैका समस्या समाधान गर्न कठिनाई रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

दूतावासले रोजगारदाताहरुसँग तत्काल समन्वय गरी विपद्मा परेका कामदारहरुलाई राहत प्रदान गर्न तथा रोजगार गुमाएका कामदारहरुका लागि उनीहरुको ईच्छा बुझेर अकमासहतिको रोजगारीको प्रवन्ध गरिदिन, रोजगारीको प्रवन्ध गराउन नसके स्वदेश फर्काउने प्रवन्ध गर्नसमेत म्यानपावर कम्पनीहरुसँग आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य