Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदीस्थित नेपाली दूतावासको आपत्ति, के छ विज्ञप्तिमा ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले नेपालका केही म्यानपावर कम्पनीहरुले विपत्तिमा परेका कामदारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको भनी आपत्ति जनाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपाली कामदारहरुपनि समस्यामा रहेको भन्दै दूतावासले ती कामदारको समस्या समाधान गर्न कामदार पठाउने ईजाजतपत्रवालाहरुको दायित्व पूर्णरुपमा निर्वाहको अपेक्षा गरेको बताएको छ ।

कामदार अपलत्र परेपछि केही ईजाजतपत्रवालाहरुले सम्पर्क नै नगर्ने, सम्पर्क गरेपनि दूतावासले नै समस्या समाधन गर्छ, दुतावास जानु भनेर पठाउने गरेको भन्दै त्यसले समस्या समाधानमा कठिनाइ उत्पन्न भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावास तथा साउदी अरबमा रहेको गैरआवासीय नेपाली संघले रोजगारी गुमाएका वा  खाद्यान्नको अभावमा रहेका नेपाली कामदारहरुलाई सहयोग गरिरहेको र सहयोगको क्रम जारी रहेको भएपनि कामदार पठाउने ईजाजतपत्रवालाहरुले जिम्मेवारी नलिइदिँदा सबैका समस्या समाधान गर्न कठिनाई रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

दूतावासले रोजगारदाताहरुसँग तत्काल समन्वय गरी विपद्मा परेका कामदारहरुलाई राहत प्रदान गर्न तथा रोजगार गुमाएका कामदारहरुका लागि उनीहरुको ईच्छा बुझेर अकमासहतिको रोजगारीको प्रवन्ध गरिदिन, रोजगारीको प्रवन्ध गराउन नसके स्वदेश फर्काउने प्रवन्ध गर्नसमेत म्यानपावर कम्पनीहरुसँग आग्रह गरेको छ ।