९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनपछि २२ % को जागिर गयो, १८ % को तलब घट्यो (कुन क्षेत्रको कति ? विवरणसहित )

२२ श्रावण २०७७, बिहीबार ०५:५६

साउन २२, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि २२‍.५ प्रतिशत कामदारले रोजगारी गुमाएका गुमाएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’अनुसार उद्योगी/व्यावसायीहरूले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

यो सर्वेक्षण ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीमा गरिएको हो । सहभागीहरूले २६ असारदेखि १० साउनबीचमा अनलाइनमार्फत सर्वेक्षण फारम भरेका थिए । अध्ययनअनुसार जागिर गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी तथा करारका कर्मचारी/कामदार छन् ।


जागिर गुमाउनेहरू मध्ये सबैभन्दा बढी अर्थात ४० प्रतिशत भन्दा बढी होटल तथा रेष्टुरेन्ट क्षेत्रका छन् । शिक्षा क्षेत्रका भने ६ प्रतिशत भन्दा कम कामदार/कर्मचारी कटौतीमा परेका छन् ।

विद्युत, ग्याँस तथा पानीसँग सम्बन्धित ३९.७१ प्रतिशत, थोक तथा खुद्रा व्यापार र उत्पादनमुलक उद्योगमा कार्यरत एक चौथाई कर्मचारी कटौतीमा परेको देखिन्छ । सञ्चार क्षेत्रका २१. ३१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित १५ प्रतिशतको जागिर गुमेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् ।

कर्मचारी/कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।’

बन्दाबन्दीको अवधिमा ठूला र मझौला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु बढी प्रभावित रहेको पाइएको सर्वेक्षणले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो