१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विष्णुमती पुल अझै सञ्चालनमा आएन

२२ श्रावण २०७७, बिहीबार ०७:५६

सञ्चिता घिमिरे । साउन २२, काठमाडौँ । निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ  ।  काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत  पुलको निर्माण एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो । 

विसं २०७१ असारमा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री कम गुणस्तरको पाइएको सडक विभागले जनाएको छ । डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन भनी विसंं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि पनि निर्माण व्यवसायीका तर्फबाट कुनै पहल नभएपछि ठेक्का तोडिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रुटि सच्याउन वास्ता नगरेपछि गत पुसमा ठेक्का तोडिएको हो ।”

पुल निर्माण गर्ने आयोजनाको कार्यालय खारेजी भएपछि सडक विभागमा हस्तान्तरण भएको थियो । परामर्शदाताले पुलमा रहेका त्रुटि औँल्याएपछि सच्याउन भनिए पनि त्यसमा निर्माण व्यवसायीले चासो नदेखाएको हो । पुल निरीक्षणका क्रममा त्रुटि पाइएकाले सवारी साधन सञ्चालन गर्न दिन नसकिएको शर्माको भनाइ छ । कानूनी प्रक्रियामा रहेकाले तत्काल पुल सञ्चालन हुन नसक्ने जनाइएको छ । उहाँले भन्नुभयो, “त्यहाँ रहेका समस्या हटाएर मात्रै सञ्चालन गर्न सकिनेछ ।”

विभागले सो पुलमा भेटिएका त्रुटि सच्याउन व्यवसायीलाई एक वर्ष पहिले भनेको विभागका पुल महाशाखा प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताउनुभयो । निर्माण व्यवसायीले भने आफूले गरेको कामको भुक्तानी पाउनुपर्ने माग गरेको छ । सो पुलमा थप अध्ययन गरेर आवश्यक भएमा भत्काउनुपर्ने हुन सक्ने उहाँले बताउनुभयो । बस्ती नजीक रहेको पुल भएकाले भत्काउन पनि सहज नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सवारी चाप हुने ठाउँ भएकाले त्यो पुल भत्काउँदा पनि क्षति हुन नदिने कुरालाई ध्यान दिइनुपर्छ ।”

पुलको बीचको खण्ड (मिडल स्पान) तीन सय मिटरमा समस्या रहेको पाइएको विभागले जनाएको छ । ठेक्का सम्झौता अन्त्य भएपछि निर्माण व्यवसायीले कुनै त्रुटि नभएको भनी बिल भुक्तानीका लागि जिकिर गरेको थियो । विभागको कानून महाशाखाअन्तर्गत मध्यस्तता प्रक्रिया चलिरहेको छ । 

पुलको स्वीकृत ड्रइङअनुसार पुलको लम्बाइ ६० मिटर हुनुपर्ने उल्लेख छ । तीन स्पानमध्ये बीचको ३० मिटर, दायाँ १० मिटर र बायाँ २० मिटर हुने उल्लेख छ । पुलको सब–स्ट्रक्चरसम्मको  भुक्तानी भने भइसकेको विभागले जनाएको छ । 

सोही निर्माण कम्पनीले निर्माण गरेका तीनकुनेस्थित वाग्मती पुल र त्यसको दुवैमा निर्माणका क्रममा त्रुटि पाइएपछि सडक विभागले गत वर्ष नै ठेक्का सम्झौता तोडेको हो । तीनकुनेस्थित पुलको अदालती प्रक्रियासमेत सकिएकाले नयाँ ठेक्कामार्फत निर्माण गरिने निर्णय भइसकेको छ ।  टेकु पुलको भने विवाद सल्टन बाँकी भएकाले न त निर्माण भएको पुल सञ्चालनमा आउन सकेको छ न भत्काएर नयाँ निर्माणबारे नै  निर्णय हुन सकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन